कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई मध्यपश्चिमका मुख्यमन्त्री भनेका छन् ।

सुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेतमा आएका छन् । ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आएका हुन् ।
ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई मध्यपश्चिम प्रदेशका मुख्यमन्त्री भनेका छन् । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा सुरुमै उनले मध्यपश्चिम प्रदेशका मुख्यमन्त्रीज्यू भन्दै सम्बोधन सुरु गरेका थिए ।
उनले रोष्टमबाटै कर्णालीका मुख्यमन्त्री भन्नुपर्नेमा मध्यपश्चिमका मुख्यमन्त्री भनेपछि पछाडीबाट आवाज आउन थाल्यो मध्यपश्चिम होइन कर्णाली हो कुलपतिज्यू । त्यसपछि प्रधानमन्त्री ओली बोल्न छोडेर थोरै अड्किए । उनले फेरि हाँस्दै भने, कर्णाली भन्नुपर्ने उता मध्यपश्चिम गइसके छ ।
यस समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री, आर्थिक मामिला मन्त्री लगायत अन्य मन्त्रीहरू उपस्थित थिए। प्रधानमन्त्री ओलीको यस्तो भुलले समारोहमा उपस्थित सांसद, मन्त्री तथा अन्य अतिथिहरूलाई हाँसोको माहोल बनाएको थियो।
प्रतिक्रिया दिनुहोस्