कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार तलमाथी नहुने र यो सरकार २०८४ सम्म टिकाउने बताएका छन्। उनले १६ महिनापछि आफूले शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रदेश सभा सदस्यहरूलाई सरकारलाई ढुक्क हुन आग्रह गर्दै यो सरकार विकास र सुशासनको मार्गमा अगाडि बढी रहेको बताए। उनले भने, यदि कसैलाई लोकप्रिय छु भन्ने लाग्छ भने २०८४ को चुनाव फर्किनुहोस्।

ओलीले यस सरकारलाई दुई ठूला दलहरू मिलेर बनेको भन्दै कसैले यसलाई हल्लाउन नसक्ने दाबी गरे। उनले संविधान संशोधनलाई सरकारको प्राथमिकतामा रहेको बताउँदै यो कुनै रहर वा लहरमा आएको विषय नभएर देशको आवश्यकताको आधारमा गरिएको काम हो उनले भने।

प्रधानमन्त्रीले विभिन्न दलहरूले गरेका गतिविधिहरूलाई लक्ष्यित गर्दै यी गतिविधिहरूले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको आरोप लगाए। देश र प्रणालीलाई बचाउन दुई ठूला दलहरू मिलेर सरकार बनाएको जिकिर गर्दै केन्द्र सरकारले प्रदेश सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

ओलीले आफूहरूले ल्याएको लोकतन्त्र सफलतापूर्वक अगाडि बढी रहेको दाबी गरेका छन्।