सुर्खेत — समसामयिक राजनीतिक परिवेश र समाजवादी मोर्चा, नेपालको कार्यभार विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता समाजवादी मोर्चा कर्णालीका संयोजक कमरेड ठगेन्द्र प्रकाश पुरीले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा कमरेड देव प्रसाद गुरूङ उपस्थित हुनुभएको थियो।

कार्यक्रमको अतिथिहरूमा कमरेड काली बहादुर मल्ल, पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कमरेड राजकुमार शर्मा, तिनवटै दलका केन्द्रीय कमिटी सदस्यहरू, प्रदेशसभा सदस्यहरू, केन्द्रीय सल्लाहकार सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू र प्रदेश पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख वक्ताहरूमा प्रमुख अतिथि देव प्रसाद गुरूङ, कमरेड केदार कुमार कंडेल र कमरेड कर्णजित बुढाथोकी सुशील सी, रहनु भएको थियो।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बसन्त कुमार विश्वकर्माले समावेशीता, ऐन निर्माण, नीति, कार्यक्रम, बजेट र दलित विधेयकका विषयमा धारणा राख्नुभएको थियो। उहाँले हालै सरकारले पारित गरेको दलित विधेयकले दलित समुदायका अधिकार सुनिश्चित नगर्ने र दलित आन्दोलन प्रतिगामी रहेको टिप्पणी गर्नुभयो। मधेस र सुदूरपश्चिम प्रदेशमा दलित विकास समिति राख्न सकिने तर कर्णालीमा २९ प्रतिशत दलित रहेको अवस्थामा राख्न नहुने निर्णयलाई उहाँले लज्जास्पद भएको बताउनुभयो।

उहाँको भनाइमा समर्थन जनाउँदै पूर्व मुख्यमन्त्री राजकुमार शर्माले पनि कर्णाली प्रदेशमा दलितमैत्री विधेयक नबनेको स्वीकार गर्नुभएको छ। शर्माले दलित समुदायको पक्षमा संशोधन प्रस्ताव दर्ता गरिए तापनि विधेयकमा समावेश नभएको जानकारी दिनुभयो।

त्यस्तै, अन्तरक्रियामा कमरेड धिर बहादुर विष्ट, कमरेड कमल छत्याल, कमरेड नन्दा शर्मा, कमरेड पुष्पा घर्ती विष्ट, कमरेड कुलदीप भट्ट, कमरेड भूमिसरा टमटा, उदिराम डाँगी, तुलाराज सी, सहित १३ जना कमरेडहरूले जिज्ञासा तथा सुझावहरू राख्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिसहित सम्पूर्ण नेताहरूले समाजवादी मोर्चालाई बलियो र सशक्त बनाउने तथा पार्टी एकतालाई थप मजबुत पार्ने विषयमा जोड दिनुभएको थियो।

कार्यक्रमको समापनमा संयोजक ठगेन्द्र प्रकाश पुरीले कार्यभार कमरेड सुशील सी,लाई हस्तान्तरण गर्दै कार्यक्रम सञ्चालन कमरेड विमला के,सी ले गर्नु भएको थियो।