
सुर्खेत, नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा युवा तथा खेलकुदका पूर्वमन्त्री कमरेड दलजित श्रीपाइलीको नेतृत्वमा एक उच्चस्तरीय टोलीले कर्णाली प्रदेश रंगशाला, सुर्खेतको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीमा नेकपा माओवादी केन्द्र की केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री कमरेड उर्मिला विश्वकर्मा, नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमरेड रातो कामी, नेकपा एकीकृत समाजवादी का केन्द्रीय कमिटी सदस्य कमरेड वसन्त कुमार विश्वकर्मा, तथा माओवादी केन्द्रका प्रदेश समिति सदस्य कमरेड दानसिंह सुनार लगायत सहभागी थिए।
स्थलगत अवलोकनपछि पूर्वमन्त्री श्रीपाइलीले रंगशालाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो। उहाँले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा कुनै अवरोध नरहेको र सरकारले खेलकुद रोक्ने कुनै पनि कारण नरहेको स्पष्ट पार्नुभयो।


प्रतिक्रिया दिनुहोस्