सुर्खेत । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै भोली मंसिर १८ गते (बिहिबार) सुर्खेतमा बृहत ¥यालीसहित प्रर्दशन हुने भएको छ । स्वतन्त्र नागरिक संघर्ष समितिले बृहत ¥यालीसहित प्रर्दशन गर्न लागेको हो ।
राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग राख्दै सुर्खेतको वीरेन्द्रनगरको कालिञ्चोकमा जम्मा भई ¥यालीसहित बजार परिक्रमा गरेर वीरेन्द्रचोकमा कोणसभा गरेर सम्पन्न हुने स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य प्रेम बिसीले जानकारी दिए ।
बृहत प्रद्र्धशनमा करिब पाँच हजार नागरिकको सहभागिता रहने, दुई हजार बाइक, पैतल मार्च गरेर बजार परिक्रमा गरिने स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य बिसीले बताए ।
यसभन्दा अगाडी बुटवल, विराटनगर, नेपालगंज, धनगढी, पोखरा, वीरगञ्ज, काठमाडौंमा राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै प्रद्र्धशन भइसकेका छन् ।