काठमाडौं । सुन्धारास्थित धरहराको भूमिगत पार्किङ सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिकाले दसैँ–तिहारलगायत चाडबाडलाई लक्षित गरी धरहराको भूमिगत पार्किङ सञ्चालनमा ल्याएको हो । आइतबारदेखि सञ्चालनमा आएको भूमिगत पार्किङ नि:शुल्क भएको महानगरले जनाएको छ ।‘चाडबाडलाई लक्षित गरेर न्युरोड, सुन्धारालगायत क्षेत्रमा हुने पार्किङको समस्या समाधान गर्न यो पार्किङ सञ्चालनमा ल्याएका हौँ । यहाँ पार्किङ गर्दा शुल्क लाग्दैन,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने ।