जुम्लामा छाँयाकन हुने चलचित्र प्रकाशले जुम्लाका स्थानीय कलाकार खोजी कार्य सुरु गरेको छ । फागुनको पहिलो हप्तादेखि जुम्लाका जिल्लाका बिभिन्न गाउँहरु तथा रमणीय क्षेत्रमा छायाँकन हुने चलचित्रले कलाकारको खोजी गरेको हो ।
निर्देशक दिनेश राउतले निर्देशन गर्ने चलचित्र प्रकाशको पटकथा विकाश सुबेदीले लेखेका हुन् । चलचित्रको बिषयवस्तुका लागी बिगत १ बर्ष यता चलचित्रको टिमले विभिन्न चरणमा जुम्ला भ्रमण गरिसकेको छ ।
नायक प्रदीप खड्काको मुख्य अभिनय रहने चलचित्रमा जुम्लाका स्थानीय कलाकारहरु छनौट गरिने निर्माता महेन्द्र अधिकारीले जानकारी दिए । ‘हामीले स्थानीय कलाकारहरुलाई बिषेश ग्राहता दिने निर्णय गरेका छौं ।’ उनले भने,‘कलाकारीता क्षेत्रमा संम्भावना भएका नव प्रतिभादेखि विभिन्न उमेर समुहका कलाकारले आबेदन दिन सक्नेछन् ।’
निर्माता अधिकारीले जानकारी दिएको जानकारी अनुसार चलचित्रका लागी मुख्य कलाकार नायिका १७ वर्ष उमेरदेखि २२ वर्षसम्म, मुख्य कलाकार पुरुष २० वर्ष उमेरदेखि २२, मुख्य चरित्र अभिनेता ४५ वर्षदेखि ५० वर्ष, मुख्य चरित्र अभिनेत्री बर्ष ३५ वर्षदेखि ४० वर्षसम्म, चरित्र अभिनेता ३५ वर्षदेखि ५५ वर्ष, चरित्र अभिनेत्री ४० वर्षदेखि ४५ वर्षसम्म, बाल कलाकार पुरुष ९ वर्षदेखि ११ वर्षसम्म र चरित्र अभिनेता तथा अभिनेत्री १६ वर्षदेखि २० वर्षसम्म छनोट गरिने छ ।
चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन रहने छ भने चलचित्र बिनीश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ ।