भाद्र २२,सुर्खेत । कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो ।

जुम्लाबाट निर्वाचित श्रेष्ठ एक महिनादेखि खलंगामा बस्दै आउनु भएको थियो । उहाँले भन्नुभयो ‘जुम्लामा दिनहुँ संक्रमणको दर बढ्दो छ । मलाई भेट्न धेरै कार्यकर्ता आउन थालेपछि पीसीआर परीक्षण गरेको थिएँ कोरोना संक्रमण पुष्टि भएको खबर आएको छ ।’ उहाँ नेपाली काँग्रेसको तर्फबाट विजयी हुनुभएको थियो ।

अहिले आफू होम आइसोलेसनमा रहेको कुनै लक्षण नदेखिएको श्रेष्ठको भनाई छ । ‘मलाई कोरोनाको लक्षण देखिएको छैन । म घरमै आइसोलेसनमा बसिरहेको छु,’ उहाँले भन्नुभयो, ‘मेरो सम्पर्कमा रहेकाहरुलाई पनि नआत्तिन आग्रह गर्छु । सबैको पीसीआर परीक्षण गर्ने काम हुन्छ ।