राष्ट्र बैंकको निर्देशन,घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने
२४ भदौ, काठमाडौं ।
घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो ।
बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउने/बढाउने गर्दै आएका थिए । बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गरिन्छ । बेस रेट बढेसँगै बैंकहरुले तत्कालै ब्याजदर बढाइहाल्थे ।
ब्याजदर चाडो चाडो बढ्दा किस्ता तिर्नै समस्या परेको भन्दै ऋणीले दुखेसो गर्ने गरेका थिए । राष्ट्र बैंकको यो निर्देशनसँगै अब घर तथा गाडी कर्जा लिनेलाई केही राहत हुने भएको छ । राष्ट्रबैंङ्कले यी शीर्षकको ब्याजदर भने ६/६ महिनामा प्रकाशित गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर कायम गनुपर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्