२६ भदौ,सुर्खेत।
कर्णाली प्रदेश मा रहेको मध्यपश्चिमाअन्चल बिश्व बिधालय ले अनलाइन कक्षा र अनलाइन परीक्षा संचालन गरेको छ ।देश कोभिड-१९ को महामारीमा परीरहेको अबस्थामा विद्यार्थी हरुको शैक्षिक भविस्य लाई मध्यनजर गर्दै मध्यपश्चिमाअन्चल बिश्व बिधालयले अनलाइन कक्षा र परीक्षा सुरु गरेको बिश्व बिधालय का उप-प्राध्यापक सुजन पन्त ले जानकारी दिए ।

कर्णालीमा नेट ईन्टरनेट को सेवा मार्फत कक्षा र परीक्षा संचालन गर्न गाह्रो भएपनी ,९०% विद्यार्थी हरुको उपस्थिति रहेको उप-प्राध्यापक पन्त ले जानकारी दिए ।

देशभर रहेका कुनैपनी कानुन संकायका बिधालय तथा बिश्वबिधालय ले अनलाइन कक्षा तथा परीक्षा सुचारु नगरेको र मध्यपश्चिमाअन्चल बबिश्वबिधालयले पहिलो पट्क कानुन संकाय मा अध्यनरत सम्पुर्ण सेमिस्टर का विद्यार्थी हरु लाई दैनिकी पढनपाठन र कार्यपत्र प्रस्तुति पनि अनलाइन मार्फत गराइरहेको उनले बताए ।