सुर्खेत, ६ असोज । सुर्खेतको लेकबेसी नगरपालिका–९ चौरासेमा निर्माधिन सावुुन उद्योग र ढाका कपडा बुनाइ तालिमको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले अवलोकन गरेका छन् । निर्माधिन सावुुन उद्योग र ढाका कपडा बुनाइ तालिमको अवस्थाका विषयमा अवलोकन भ्रमण गरेका हुन् ।
स्थानीयस्तरमा पाइने कच्चा पदार्थबाट साबुन उद्योगको स्थापना गरिएकोले त्यसको अवस्था बिषयमा मन्त्री बुढाले जानकारी लिएका थिए ।
उद्योग संचालनमा आएमा स्थानीय कच्चा पदार्थ चिउरी, तोरी, पशुजन्य उत्पादन प्रयोग हुुने र केहीलाई रोजगारी दिन सकिने मन्त्री बुढाले बताए । ‘अहिले महामारीका कारणले मान्छेको रोजगारी गुम्दै गएको छ ।’ उनले भने,‘स्थानीयस्तरमा संचालनमा आएका साना उद्योगले पनि रोजगारीको सिर्जना गर्नसक्छन् ।’
अवलोकनका क्रममा मन्त्री बुढाका साथै प्रदेशसभा सदस्य खड्गबहादुर खत्री, लेकबेसी नगरपालिकाका नगर प्रमुख गगनसिंह सुनार र उपप्रमुख शान्तिकुमारी छन्येलसमेत रहेका थिए ।