काठमाडौं, ७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हुम्लाको नाम्खा गाउँपालिकामा चीनले गरेको अतिक्रमका बारेमा सरकारलाई स्पष्ट पार्न माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दे उनले अतिक्रमित भुभागबाट चिनियाँलाई फिर्ता पठाउन पनि माग गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै चिनियाँलाई उक्त भुभागबाट तुरुन्त फिर्ता पठाउन अविलम्ब पहल गर्न माग गरेका छन् ।

उनले लेखेका छन् ‘हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भुमि चीनले अतिक्रमण गरेको, भवनहरु बनाएको समाचार आएको छ । यसबारे तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु । साथै, अतिक्रमित भुमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्न समेत प्रम ओलीको ध्यान आकर्षित गर्दछु ।