सुर्खेत, १० असोज । गृहमन्त्री रामबहादुर थापाले नेपाली चीनले नेपाली भूमी नमिचेको बताएका छन् । दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर सुर्खेत आइपुगेका गृहमन्त्री थापाले चीनले हुम्लाको नम्खा गाउँपालिकाको लिमीमा नेपाली भूमी नमिचेको बताएका हुन् ।
हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको गृहमन्त्री थापाले बताए । ‘परराष्ट्र मन्त्रालयले नै स्पष्ट पारि सकेको छ ।’ उनले भने,‘संचारमामाध्यम आएजस्तो चीनले नेपाली भूमि अतिक्रमण छैन् ।’
देशभरमा बाढी र पहिरोले मानविय र धनजनको ठूलो क्षती पु¥याएकाले सुरक्षित आवास निर्माण गर्न सरकारले गृहकार्य शुरु गरेको गृहमन्त्री थापालले बताए । ‘कुन ठाउँ बढी जोखिम छ र कस्तो ठाउँमा बस्ती बसाल्दा उपयुक्त हुन्छ भनेर गृह मन्त्रालयले प्रतिवेदन तयार गरिरहेको छ ।’ उनले भने,‘प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने काम हुनेछ ।’