सुर्खेत । नीजि तथा संस्थागत विद्यालयका शिक्षक÷कर्मचारी युनियनले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन–पत्र बुझाएको छ । प्याब्सन, एनप्याब्सन, वीरेन्द्रनगर नगरपालिका र नीजि तथा संस्थागत विद्यालयका शिक्षक÷कर्मचारी युनियन बीच भदौं २९ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ज्ञापन–पत्र बुझाएको हो ।
नीजि तथा संस्थागत कार्यरत शिक्षक र कर्मचारीहरुले गत साल चैतदेखि अहिलेसम्म तलब नपाएको नपाएको त्यसको कार्यान्वयन गर्न माग गरेको छ ।
निजि तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन सुर्खेतले पटक पटक जिम्मेवारी निकायमा ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता नगरेको नीजि तथा संस्थागत विद्यालयका शिक्षक÷कर्मचारी युनियनका सुर्खेत अध्यक्ष अर्जुन बुढाले बताए । ‘नीजि तथा आवासीय शिक्षक कर्मचारीको अधिकारको रक्षाका लागि र शैक्षिक क्षेत्रमा रहेका समस्या पहिचान गर्दै सरोकारवालाले समस्या समाधानमा पहल गर्न ध्यानाकर्षण गरेको छौं ।’ उनले भने,‘युनियले विभिन्न सात वटा बुँदाका मागहरुसहित सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, श्रम तथा रोजगार कार्यालय कर्णाली प्रदेश, जिल्ला प्रशासन कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, प्याब्सन जिल्ला समिति सुर्खेत र एन जिल्ला प्याब्सन सुर्खेतमा पुनः स्मरणका लागि ज्ञापन–पत्र बुझाएको छौं ।’
मागपत्रमा प्याब्सन र एन प्याब्सन तथा पेशागत संगठनहरुबीच भएको राष्ट्रिय सहमति अनुसार निजि विद्यालयमा कार्यरत शिक्षक कर्मचारी श्रमिकहरुलाई गत वर्षको बाँकी तलब अविलम्बन दिलाउनुपर्ने, कुनैपनि बहानामा शिक्षक कर्मचारीलाई डर धम्की दिने निष्कासन गर्ने जस्ता कार्य तत्काल बन्द गर्न अध्यक्ष बुढाले आग्रह गरे ।
श्रम ऐन अनुसार शिक्षक कर्मचारी श्रमिकलाई स्थायी, अस्थायी र करार नियुक्ति प्रदान गरी रोजगारी सुनिश्चित गर्न पनि सरकारलाई ध्यानाकर्षण गरिएको छ ।