सुर्खेत, १६ असोज । जिल्ला अस्पताल कालिकोटमा आज(शुक्रबार)बाट आकस्मिक र प्रसुति सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको छ । जिल्ला अस्पताल कालिकोटमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसुति सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको हो ।
जिल्ला अस्पताल कालिकोटमा कार्यरत केही चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएकाले आज शुक्रबारबाट आकस्मिक र प्रसुति सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको गरिएको निमिक्त जिल्ला स्वास्थ्य व्यवस्थापक कटकबहादुर महतले बताए । ‘स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ ।’ उनले भने ‘उहाँहरु अहिले सेल्फ आइसोलेसनमा बस्नु भएको छ । कोरोना देखिएका कारणले आकस्मिक र प्रसुति सेवाबाहेक अन्य सेवाहरु प्रभावित भएका छन् ।’
कालिकोटमा थप ९ जनामा कोरोना पुष्टि भएको र त्यसमध्ये ७ जना कोभिड बिषेश अस्पतालमा भर्ना गरिएको २ जना होम आइसोलेसनमा बसेको निमिक्त जिल्ला स्वास्थ्य व्यवस्थापक महतले जानकारी दिए ।
कालिकोटमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या एक सय नौ जना रहेको त्यसमध्ये एक जनाले कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको हाल होम आइसोलेसन र कोभिड बिषेश अस्पतालमा नौ जना रहेको निमिक्त जिल्ला स्वास्थ्य व्यवस्थापक महतले बताए ।