सुर्खेत । त्रिभुवन विश्वविद्यालययबाट सम्बन्धन प्राप्त साहारा क्याम्पस, सुर्खेतका छात्र भीमबहादुर बिसी २०७६ मा संचालित बिबिएस प्रथम बर्षको वार्षीक परीक्षामा कर्णालीकै प्रथम स्थान हासिल गरेका छन् । बिसीले कर्णाली प्रदेशमै ७२ प्रतिशत अंकका ल्याएर सर्वोकृष्ट हुन सफल भएका हुन् ।
साहारा क्याम्पसले आफ्नो स्थापना कालदेखि नै जिल्लामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भइरहेको क्याम्पस प्रमुख छबि आचार्यले बताए । ‘यस क्याम्पसबाट उत्पादित जनशक्ति नेपाल राष्ट्र बैक, कृर्षि बिकास बैंक, बाणिज्य बैक लगाएतका बैक तथा बितिय संघ संस्थाहरुका निजामति सेवामा कार्यरत रहेका छन् ।’ उनले भने,‘यो क्याम्पसको स्थापना कालदेखि नै कर्णालीमा दक्ष जनशक्ति उत्पादन गरिरहेको छ ।’
हाल नेपाल राष्ट्र बैंक नेपालगंजमा कार्यरत एवं २०७४ सालमा बिबिएस चौथो बर्षको बार्षीक परीक्षामा ७६ प्रतिशतका साथ कर्णाली प्रदेश प्रथम भएकी माधुरी काफ्लेले साहारा क्याम्पस कर्णाली प्रदेशको नमुना क्याम्पस रहेको बताइन् । क्याम्पसले विद्यार्थीहरुको स्तर अनुसार अध्ययापन गराउने भएकोले यो सफलता प्राप्त गर्न सफल भएको उनको भनाई थियो ।
यस्तै, नेपाल राष्ट्र बैक कर्णाली प्रदेश कार्यालयमा कार्यरत बिरजित रोकायले यस क्याम्पसको असल अभिभावत्वका कारण सफलता प्राप्त गर्न सफल भएको बताए ।
त्रिभुवन विश्व बिध्यालयबाट सम्बन्धन प्राप्त गरि यस क्याम्पसले बिबिएस, बिसिए र बिआइएम जस्ता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यस क्याम्पसले प्राबिधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य क्याम्पसले लिएको छ ।
आगामी दिनहरुमा बिबिए, बिआइटी र एमसिए बिषयहरु संचालन गर्ने योजना रहेको क्याम्पस प्रमुख आचार्यले बताए ।