अदालतद्वारा गोरु काट्नेलाई एक वर्ष ९ महिना जेल सजाय
सुर्खेत । दैलेख जिल्ला अदालत गोरु काटेको आरोप लागेका एक जनालाई एक वर्ष नौ महिना कैद सजायको फैसला गरेको छ । दैलेख जिल्ला अदातलले गोरु काटेको आरोपमा भैरवी गाउँपालिका–२ का राजेश बिष्टलाई एक वर्ष नौ महिना कैद सजाय गरेको हो ।
गत भदौ २६ गते विष्टले भैरवी गाउँपालिका–२ रावतकोटका सोविन थापाका बारीमा बाँधेका गोरु काटेका बिष्टलाई एक वर्ष नौ महिना कैद सजाय र ४० हजार क्षतीपूर्तीको फैसला गरेको दैलेख जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए । ‘मुलुकी अपराध संहिताको २८९ को उपदफा १, २ र ३ अनुसार आइतबार अदालतले कैद फैसला गरेको छ ।’ उनले भने,‘नेपालमा गोरु काट्नुलाई अबैध मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्