२५ असोज, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्ती मगर,संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाह सहित १८ जना सांसद रहेका छन् ।