२९ असोज, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।

थापाले ट्विटर मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । बुधबार उनको टाउको सामान्य दुखेपछि कोरोना संक्रमण परीक्षण गरेको र बिहीबार रिपोर्ट आए पछि संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

अध्यक्ष थापाले अहिले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेका सम्पुर्णलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् । थापा अहिले होम आइसोलेसनमै बसेका छन् ।