विपन्नलाई गाउँपालिकाकाले उपलब्ध गरायो दशैं राहत
![](https://seto-panchi.com/wp-content/uploads/2020/10/122044968_392951035051324_5842543060521820625_n.jpg)
सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाका भित्रका अति विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दशैं राहत उपलब्ध गराएको छ । दशैं तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाका भित्रका २१० जनालाई राहत उपलब्ध गराएको हो ।
गाउँपालिका भित्रका अति विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई लक्षित वर्गमा उपाध्यक्ष कार्यक्रम अन्र्तगत दशैंका बेला राहत स्वरुप खाद्यान्न उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले बताए । ‘गाउँपालिका भित्रका अति विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई खर्च नगद दिने योजना थियो ।’ उनले भने,‘गाउँपालिकाको चौमासिक खर्च निकासा नभएका कारणले तत्कालका लागि दशैं खर्च स्वरुप खाद्यान्न उपलब्ध गराएका हौं ।’
गाउँपालिकाले कोरोना कहरका कारणले दशैंमा भीडभाड, टिका थाप्न नजान, जहाँ छौं त्यही दशैं माग्नका लागि नागरिकसँग आग्रह गरिएको जानकारी दिए । ‘भीडभाड गर्दा कोरोना संक्रमणको दर बढ्ने खतरा रहेको छ ।’ उनले भने,‘कोरोना रोकथाम र नियन्त्रणका लागि मेला जात्रा भीडभाड नगर्न सबैलाई आग्रह गरेका छौं ।’
प्रतिक्रिया दिनुहोस्