‘पशुपति प्रसाद २ः भष्मे डन’ को टिजर सार्वजनिक भएको छ।

मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा अभिनेता विपीन कार्कीलाई भष्मे डनको अवतारमा प्रस्तुत गरिएको छ। फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। फिल्मको निर्माता पनि खगेन्द्र स्वयम् हुन्।