सल्यानको कपुरकोट गाउँपालिका स्थित मुलपानी नजिकै यात्रुबाहक बस दुर्घटनामा हुदा दुईजना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको मुलपानी बनस्पती कार्यालयका प्रमुख मित्र पाठकले बताए । घटनास्थलमै ज्यान गएको दुई महिलाहरुको परिचय खुलेको छैन् । अहिले घाइतेहरुको उद्धार भैरहेको हुदा पुरै घटना विवरण केहि समय पछि आउने पाठकले बताएका छन ।

प्रहरी चौकी कपुरकोटबाट पनि अहिले प्रहरी पुगेर उद्धार गररिहेको छ । बसमा करिब १६ जना जति यात्रुहरु रहेको र केहि शकुसल रहेको छन्