सुर्खेत- नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

लगातार बढिरहेको सुनको मूल्य यो साता आइतबार प्रतितोला दुईसय रूपैयाँले घटेको थियो। सोमबार पुन: उकालो लाग्दै प्रतितोला तीनसय रूपैयाँले बढेर सुन कीर्तिमानी मूल्यमा पुगेको हो।

गएको साता शुक्रबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५० हजार ९ सय रूपैयाँ कायम थियो।

चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार आठसय पचासी रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।