सुर्खेत । कर्णाली प्रदेश सुर्खेत जिल्ला अस्पताल, मेहलकुनाले बिरामीलाई बाहिर औषधी किन्न पठाउने कर्मचारीमाथि कारवाही गर्ने निर्णय गरेको छ। अस्पतालको फार्मेसीमा उपलब्ध औषधी तथा सर्जिकल सामग्रीहरू नभएको भन्दै प्राइभेट क्लिनिकमा बिरामीलाई पठाउने गरेको गुनासो आउन थालेपछी अस्पतालको बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट मेसु डा, सोजन सापकोटा र अस्पताल विकास समिति अध्यक्षसमक्ष आएको थियो।

गुनासोपछि, मेसु सापकोटाले श्रावण २७ गते, आइतबार, निर्देशनात्मक पत्र जारी गर्दै अस्पतालका सबै कर्मचारीहरूलाई सम्बोधन गरेका छन्। उहाँले बिरामीलाई असुविधा हुने गरी यस्तो काम गरेमा सम्बन्धित कर्मचारीलाई नियमानुसार कारवाही गरिने चेतावनी दिनुभएको छ।

डा, सापकोटाले अस्पतालमा देखिएका बेतिथी हरू र अप्ठेरा परिस्थितिलाई क्रमशः हटाउँदै जाने प्रयासमा रहेको बताउँदै, सरकारी अस्पतालका सीमित स्रोत र साधनहरूको उच्चतम् प्रयोग गरी सेवाग्राहीलाई सन्तुष्ट पार्न सक्दो प्रयास गरिरहेको बताउनुभयो। उहाँले मेहलकुना अस्पताललाई जनताको विश्वासको केन्द्र बनाउन अस्पतालमा देखिएका विभिन्न समस्याहरू समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।