
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी का महासचिव तथा पूर्व कृषि मन्त्री घनश्याम भुसाल आज सुर्खेत जिल्ला पार्टी कार्यालयमा आउने भएका छन्।
उनको आगमनको क्रममा आज साँझ ५ बजे पार्टी कार्यालयमा अगुवा नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ। यस भेटघाट कार्यक्रममा पार्टी निर्माण, राष्ट्रिय राजनीति र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुनेछ। पार्टी केन्द्रीय कमिटी सदस्य कमरेड बसन्त कुमार विश्वकर्माले यो जानकारी दिएका छन्।

यस कार्यक्रममा पार्टीका विभिन्न नेतृत्वकर्ता तथा कार्यकर्ताहरूको सहभागिता रहने छ।
प्रतिक्रिया दिनुहोस्