सुर्खेत । नेपाली काँग्रेसका वरिष्ठ नेता डा, शेखर कोइरालाले १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवारका रूपमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै, डा, कोइरालाले अघिल्लो १४ औं महाधिवेशनमा पराजित भए तापनि, आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी स्वाभाविक रूपमा राख्ने स्पष्ट पारे। डा, कोइरालाले हाल देशभरका विभिन्न जिल्लाहरूको भ्रमण गरिरहेका छन् र यस क्रममा साथीभाइहरूसँग भेटघाट गरिरहेको जानकारी दिए।

उनले भने, अघिल्लो पटक पनि उठेको थिए, सफल भएन, फेरि सभापतिमा उठ्ने विषय स्वाभाविक हो, अन्यथा लिनु हुँदैन। डा, कोइरालाले कोशी प्रदेश सरकारमा नेपाली काँग्रेसको सहभागिताबारे पनि धारणा राख्दै एक हप्ताभित्रै यो सम्भावना रहेको उल्लेख गरे। उनले भने संघमा नेताहरूवीच कुराकानी भइरहेकाले एक हप्ताभित्रै कोशी सरकारमा काँग्रेस सहभागी हुने सम्भावना रहेको बताए ।

अन्त्यमा, उनले राजनीतिक स्थिरताका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीचको समीकरण आवश्यक रहेको र यसलाई सफल बनाउन आफूले भूमिका खेल्ने स्पष्ट पारे। डा, कोइरालाले करिब एक वर्षदेखि काँग्रेस एमालेबीचमा समीकरणको आवश्यकता रहेको कुरा उठाउँदै आएको पनि स्मरण गराएका छन ।