काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थकमाथि काठमाडौँको दरबारमार्गमा कुटपिट भएको छ। बालेनको समर्थनमा नारा लगाएका केही युवाहरूलाई अर्को समूहले आक्रमण गरेको हो।

घटना संविधान दिवसको अवसरमा आयोजित ‘नेशनल डे कन्सर्ट’का क्रममा भएको हो। कन्सर्टमा सहभागी युवाहरूको एक समूहले “बालेन! बालेन!” भनेर नारा लगाउन थालेपछी झडप भएको बताइएको छ। यस क्रममा कुटपिट गर्ने र कुटिने पक्षहरूको पहिचान भने अझै खुलेको छैन।

कन्सर्टमा ठुलो सङ्ख्यामा युवाहरू राष्ट्रिय झन्डासहित सहभागी थिए।

अहिलेसम्म  घाइतेहरूको अवस्था र कुटपिटका कारणबारे भने थप जानकारी प्राप्त भएको छैन।