सुर्खेत। मध्य पश्चिम विश्व विद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय सुर्यनाथ योगी बीच आज एक कार्यक्रमका बीच ” कर्णाली प्रदेशको विकास र समृद्धिका लागी लगानी आमन्त्रण गर्ने ” कर्णाली इन्भेष्टमेन्ट समिट “, विकास ,योजना रणनिती तयार गर्नका लागी मध्य पश्चिम विश्व विद्यालय र कर्णाली प्रदेश योजना आयोग बीच सहकार्य गर्ने सन्दर्भमा छलफल भएको छ । छलफल कार्यक्रममा मध्य पश्चिम विश्व विद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले विश्व विद्यालय सबैको साझा थलो भएकाले कर्णाली प्रदेशको विकास र समृद्धिका लागी विश्व विद्यालयको तर्फ बाट अनुसन्धान. दक्ष जनशक्ति, आवश्यक पाठ्यक्रम तयारी आदि क्षेत्रमा सहकार्य आवश्यक रहेको कुरा बताउनु भएको छ।

कर्णाली योजना आयोगका उपाध्यक्ष मा. सुर्यनाथ योगीले कर्णालीमा जलविद्युत, पर्यटन, धार्मिक ,पर्यटन , शिक्षा ,जडीबुटी आदिको प्रचुर सम्भावना बोकेका क्षेत्र भएकाले मध्य पश्चिम विश्व विद्यालय र कर्णाली प्रदेश सरकार बीच सहकार्य गर्दै अघि बढ्ने कुरा व्यक्त गर्नु भयो । छलफल कार्यक्रममा प्रदेश योजना आयोगका सदस्यहरु मा. अशोकनाथ योगी, मा. डम्बर रावल र विश्व विद्यालयका उपप्राध्यापक तेज विक्रम बस्नेत, खेमराज रावत, कमलराज लम्सालको समेत उपस्थिति रहेको थियो। सन्देश थापा