दार्चुला, – दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ९ः२५ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पले दार्चुला र आसपासका क्षेत्रमा हल्का धक्का महसुस भएको छ।
यस भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने हालसम्म आएको छैन। स्थानीय प्रशासनले सतर्क रहन आग्रह गर्दै सम्भावित पराकम्पनका लागि तयारी अवस्थामा बस्न सुझाएको छ।
यसअघि शनिबार बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो, जसले कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा प्रभाव पारेको थियो। लगातार आउने यस्ता भूकम्पका घटनाले भूकम्पीय जोखिमप्रति सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।
प्रतिक्रिया दिनुहोस्