सुर्खेत – सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालमा आफ्नै दुई छोरीको हत्या गरेको आरोपमा २७ वर्षीया पूर्णिमा राना मगर पक्राउ परेकी छन्।
प्रहरीका अनुसार उनले ३ वर्षीया छोरी करिष्मा रानामगर र ६ महिनाकी छोरी राघवी रानामगरको हत्या गरेकी हुन्। श्रीमानसँग झगडा भएपछि रिसको झोंकमा बच्चाहरूको हत्या गरेको उनले प्रहरीसमक्ष स्वीकार गरेकी छिन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीका अनुसार, घटनाको दिन बुधबार बिहान १०:३० बजे पूर्णिमा रानाले श्रीमानसँग फोनमा कुरा गर्दै झगडा गरेकी थिइन्। उनले बयानमा भनेकी छन्, “कुरा गर्दागर्दै झगडा भयो। त्यसपछि रिसको झोंकमा बच्चाहरूलाई मारेँ र आफू पनि मर्ने योजना थियो।”
बालिकाका पिता टेकमान राना रोजगारीका लागि नुवाकोटमा रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्