मध्यपश्चिम विश्वविद्यालयकी हिमाली शाहीलाई एक स्वर्ण
![](https://seto-panchi.com/wp-content/uploads/2025/02/po.jpg)
सुर्खेत । पोखरामा जारी दोस्रो विश्वविद्यालय स्तरीय राष्ट्रिय प्रतियोगितामा मध्यपश्चिम विश्वविद्यालयका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। प्रतियोगिताको दौड तर्फ ४०० मिटर छात्रा हिमाली शाही प्रथम स्थान हासिल गर्न सफल भइन्।
त्यस्तै, ८०० मिटर दौडतर्फ छात्र भरत राना दोस्रो भएका छन् भने छात्रा हिमाली शाही दोस्रो स्थानमा रहिन्। लङजम्पमा पनि छात्रा तर्फ हिमाली शाही नै दोस्रो स्थानमा रहिन्।
मध्यपश्चिम विश्वविद्यालयको भलिबल टोली फाइनल प्रवेश गर्न सफल भएको छ। प्रतियोगिता पोखरा रंगशालामा माघ २३ र २४ गते सञ्चालन भइरहेको छ। एथलेटिक्स प्रशिक्षक सन्देश थापाले जानकारी दिएका छन् कि मध्यपश्चिम विश्वविद्यालयका खेलाडीहरूको प्रदर्शन सराहनीय रहेको छ। विद्यार्थी हित, खेलकुद तथा अतिरिक्त क्रियाकलाप समन्वय समिति का संयोजक तेजविक्रम बस्नेतका अनुसार, मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वविद्यालयको नाम उच्च राख्न सफल भएका छन्।– संदेश थापा
![](https://seto-panchi.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-06-at-12.37.36-1-540x720.jpeg)
![](https://seto-panchi.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-06-at-12.37.36-540x720.jpeg)
![](https://seto-panchi.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-06-at-12.37.37-540x720.jpeg)
![](https://seto-panchi.com/wp-content/uploads/2025/02/476146486_9500901719949617_4333096116452361144_n-1245x720.jpg)
प्रतिक्रिया दिनुहोस्