सुर्खेत, — नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सुर्खेत जिल्ला कमिटीले पार्टीको ७६औं स्थापना दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न गरेको छ। गोष्ठीको आयोजना सुर्खेतमा जिल्ला पार्टी कार्यालयमा गरिएको थियो।

गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्ष कमरेड ठगेन्द्र प्रकाश पुरीले गरेका थिए भने विशेष अतिथि कमरेड केदार कंडेल, अतिथि कमरेड बसन्त कुमार विश्वकर्मा, कमरेड जंग राना, साथै केन्द्रीय निकायका सदस्य, प्रदेश सचिवालय सदस्य लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष कमरेड खड्ग केसीले गरेका हुन्।

गोष्ठीमा केन्द्रीय कमिटी सदस्य कमरेड बसन्त कुमार विश्वकर्माले कार्यपत्र प्रस्तुत गरे। प्रस्तुत कार्यपत्रमाथि प्रमुख अतिथि ठगेन्द्र प्रकाश पुरीले आफ्नो धारणा राख्दै केन्द्रीय सदस्यहरू केदार कंडेल र जंग रानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

साथै केन्द्रीय सल्लाहकार सदस्य कमरेड शिवप्रसाद उपाध्याय, कमरेड कुलदीप भट्ट, केन्द्रीय अनुशासन आयोग सदस्य टोपबहादुर रास्कोटी, केन्द्रीय लेखा आयोग सदस्य वीरबहादुर रावत भोटे, प्रदेश सचिव धिरबहादुर विष्टले समेत आफ्ना विचार राख्दै पार्टीको ऐतिहासिक यात्रालाई स्मरण गराएका हुन्।

कार्यक्रमको स्वागत पार्टी उपाध्यक्ष कमरेड कुमार ढकालले गरे भने सञ्चालन पार्टी सचिव कृष्णप्रसाद सुवेदीले गरेका हुन्।

ऐतिहासिक सन्दर्भ

नेपाल कम्युनिष्ट पार्टीको स्थापना वि सं २००६ वैशाख १० गते अर्थात १९४९ अप्रिल २२ मा भारतको कलकत्तास्थित श्यामबजारमा कमरेड पुष्पलाल श्रेष्ठले आफ्ना सहकर्मीहरूसँग मिलेर गर्नुभएको थियो। उहाँले नेपाली भाषामा कम्युनिष्ट घोषणापत्र अनुवाद गरी प्रकाशन गरेर नेपालको राजनीतिक इतिहासमा वैचारिक चेतनाको नयाँ युगको थालनी गर्नुभएको हो।

कमरेड पुष्पलालको त्याग, योगदान र दृष्टिकोण आजको दिनमा समेत नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक रूपान्तरणका लागि प्रेरणाको स्रोत बनेको छ।

विचार गोष्ठीमार्फत पार्टीले केवल विगतको इतिहासको सम्झना मात्र गरेन, समसामयिक राजनीतिक चुनौतीहरूसँग जुझ्ने सन्दर्भमा पार्टीलाई अझ सुदृढ र वैचारिक रूपमा स्पष्ट बनाउने प्रतिबद्धता समेत दोहो¥यायो। कार्यक्रममा सहभागी नेताहरूले कमरेड पुष्पलालका सिद्धान्तलाई यथार्थमा उतार्दै समावेशी लोकतन्त्र, समाजवादी अर्थतन्त्र र सामाजिक न्यायको अभ्यासमा पार्टीको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।

पार्टीको ७६ वर्षे यात्राले आजको पुस्तालाई सशक्त समाजवाद उन्मुख आन्दोलन निर्माण गर्न प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेका छन्। जनतामाझ पार्टीको जिम्मेवारी, संकल्प र वैचारिक मार्गदर्शन अझ दृढ भएर अघि बढाइने प्रतिबद्धता पनि गोष्ठीमा व्यक्त गरिएको थियो।