
नलगाड नगरपालिका वडा नं. ४ पिपलचौरमा विषालु च्याउ खाएर एकै परिवारका तीन बालबालिका बिरामी परेका छन्।
बिरामी पर्नेमा मगबहादुर सिंहका छोरी १२ वर्षीया कौशिला सिंह, छोरा ६ वर्षीय झलक सिंह, र कान्छी छोरी ३ वर्षीया दीपा सिंह रहेका छन्।
छिमेकी नवराज शर्माका अनुसार, सालघारी जंगलबाट टिपेर ल्याइएको च्याउ खाएपछि बालबालिकामा बान्ता र पेट दुख्ने जस्ता समस्या देखिएपछि नगर अस्पताल दल्लीमा भर्ना गरिएको हो।
नगर अस्पतालका डाक्टर नवीन ध्यारका अनुसार, “च्याउ विषालु भएको हुनाले तत्काल उपचार सुरु गरिएको छ, अहिले अवस्था सामान्य हुँदै गएको छ।
प्रतिक्रिया दिनुहोस्