
एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ ।
एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको हो।
नेपाललाई अर्को संस्करणको फुटसल एसियन कपमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध गरेको छ।
सुरुमा प्रतियोगिता लिनका लागि नाम दर्ता गरेरपछि फिर्ता लिएको थियो।
प्रतियोगितामा भाग नलिने हो भने १ सय ६ दिनअघि नै नाम फिर्ता लिइसक्नु पर्ने थियो । जसले प्रतियोगिता नियमावलीको अनुच्छेद ६.७ उल्लङ्घन गरेको ठहर गरेको छ।
त्यस्तै कारबाहीअनुसार एन्फाले जरिवाना सूचना प्राप्त भएको मितिले ३० दिनभित्र बुझाउनुपर्नेछ। एन्फाले एएफसीबाट कारवाहीका लागि कारवाहीको पत्र प्राप्त भएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्