दैलेख । दैलेखमा कालीज मार्न जंगल गएका एकजना युवकको रुखबाट लडेर मृत्यु भएको छ ।

महाबु गाउँपालिका–२, घोगेपाटाका २४ वर्षीय लोकबहादुर बुढाको आइतबार बिहान मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा शनिबार कालीज मार्ने क्रममा रुखबाट लडि उन घाइते भएका थिए ।

घाइते बुढालाई उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याउँदै गर्दा आइतबार बिहान २ बजेतिर बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।