सुर्खेत — नयाँ वर्ष २०८३ को अवसर पारेर “नयाँ सोच, नयाँ अभियान” भन्ने नारासहित उज्यालो नेपाल पार्टीले कर्णाली प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।कार्यक्रम वैशाख ३ गते बिहान ११ बजे वीरेन्द्रनगर, सुर्खेतमा सञ्चालन हुने जनाइएको छ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्।भेलामा कर्णाली प्रदेशभरका नेता, कार्यकर्ता, शुभचिन्तक, बुद्धिजीवी, समाजसेवी, अभियान्ता, भूपू शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रममार्फत पार्टी संगठनको विस्तार तथा सुदृढीकरणमा विशेष जोड दिइने आयोजकले जनाएको छ।कार्यक्रम सफल बनाउन प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य ठम्मर बहादुर बिष्ट र कार्यक्रम संयोजक नर बहादुर कार्कीले सबैलाई उपस्थितिका लागि सादर निमन्त्रणा गरेका छन् ।