सुर्खेत । सुरक्षित भविष्य र राम्रो आम्दानीको खोजीमा फुटबलरहरु विदेश पलायन हुने क्रम बढेको छ ।सिङ्गो कर्णाली प्रदेश फुटबल बिकासका लागि कर्णाली प्रदेशमै पहिलाे गाेल्डकप फुटबल प्रतियोगिताकाे सुरुवातकाे याेजनाकार संगै बिधालय-बिधालयमा ग्रासरुट फुटबल ट्रेनिङ्ग कार्यक्रमकाे सुरुवात कर्ता, सिनियर फुटबल(पुरष/महिला) खेलाडीहरुलाई प्रशिक्षण दिई सयाैँ खेलाडीहरु उत्पादन गर्नमा उहाँको महत्त्वपूर्ण भुमिका रहेकाे छ।उहाँ जाजरकोट जिल्ला बारेकाेट गाउँपालिका वडा नं.९ सकलामा जन्मनु भए पनि बि.स.२०५२ सालदेखि सुर्खेतकाे बीरेन्द्रनगरमा बस्दै आउनु भएकाे छ। उहाँ आफै युथ-१४ जि.बि.स.सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता,बिधालय स्तरिय मायाेज कप राष्ट्रिय फुटबल प्रतियोगिता र पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागी जनाउनु भएकाे थियाे।


आफै फुटबल खेलाडी भएकै कारणले हाेला पछि आएर फुटबल खेलकाे मायाले फुटबल अफिसियलकाे रुपमा बि.स.२०६७ साल देखी एन्फा रेफ्रीकाे काेर्ष, ग्रासरुट फुटबल प्रशिक्षक प्रशिक्षण काेर्ष, ANFA “D” लाईसेन्स काेचिङ्ग काेर्ष र AFC “C” लाईसेन्स काेचिङ्ग काेर्ष पनि गरिसक्नु भएकाे थियाे।लुम्बिनी प्रदेश,सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा पुगेर फुटबल प्रतियोगितामा रेफ्रीकाे भुमिका निर्वाह गर्नु साथै समग्र कर्णाली प्रदेशका विभिन्न ग्रामिण क्षेत्रमा पुगेर निरन्तर रुपमा ग्रासरुट,युथ र सिनियर फुटबल खेलाडीहरुलाई प्रशिक्षण दिनुमा साथै उहाँले प्रशिक्षित गर्नुभएका खेलाडीहरु राष्ट्रिय टिममा समेत स्थान बनाउन सफल भएका छन्। उहाँ (अध्यक्ष) रहेकाे सुर्खेतकाे प्रतिष्ठित काँक्रेबिहार क्लबले सुर्खेत मै नयाँ कार्यक्रम २०७७ देखि-हाल सम्म “Door to Door Football Training Program” नामाकरण गरी बिधालय-बिधालयमा नै प्रशिक्षक पुगी त्यहाँका बिधार्थि खेलाडीहरुलाई टेनिङ्ग दिने कार्य सञ्चालन गर्दै आईरहनु भएकाे थियाे।


उहाँको नेतृत्वमा २०७८ सालमा “स्वस्थ, सभ्य र समृद्ध जिवनका लागि मर्यादित खेलकुद” भन्ने नाराका साथ कर्णाली प्रदेशमै पहिलाे पटक काँक्रेबिहार गाेल्डकप फुटबल प्रतियोगिता-२०७८ सञ्चालन गर्न उहाँको टिम सफल भएकाे थियाे। काँक्रेबिहार क्लबकाे आयाेजनामा उक्त प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएकाे थियाे।९ अैाँ राष्ट्रिय खेलकुदकाे पुर्ब सन्ध्यामा सुदुरपश्चिम प्रदेशमा आयाेजना भएकाे प्रदेश- प्रदेश बिचकाे राष्ट्रिय स्तरकाे राजधानी कपमा कर्णाली प्रदेश फुटबल टिम प्रशिक्षककाे जिम्मेवारी पाउनु भएकाे उहाँले त्यस प्रतियोगितामा कर्णाली प्रदेश फुटबल टिमलाई उपबिजेता बनाउदै ऐतिहासिक रुपमा अहिले सम्मकै सफलता हाँसिल गराउन सफल हुनु भएकाे थियाे।


उहाँको एक प्रशिक्षक मात्र नभै कुसल अनि सफल खेलकुद प्रशिक्षक/शिक्षककाे रुपमा सुर्खेत जिल्लामा आफुलाई स्थापित गर्न सफल हुनुभएकाे छ।उहाँ बीरेन्द्रनगर स्थित श्री जन नमूना माध्यमिक बिधालयमा एक दशक सम्म खेलकुद शिक्षककाे रुपमा कार्यरत हुनुहुन्थ्यो।उहाँँले आफू बिधालयमा रहने बेला सम्म खेलकुद प्रतियोगितामा बिधार्थी खेलाडीहरुलाई सहभागी जनाई दर्जनाै उपाधि जिताउन सफल हुनु भएकाे थियाे।
उहाँले भन्नू हुन्छ।खेलकुदमा अनुशासन,लगनशीलता,परिश्रमी र धैरता राख्ने ब्यक्ति अबस्य सफल हुन्छ। खेलकुदले मलाई के दियाे भन्ने हाेईन की ? मैले खेलकुदलाई के दिन सक्छु भन्ने भावना सम्पूर्ण खेलाडीहरुमा जागृत हुनु जरुरी छ। तर हाल नेपालकाे राज्य सञ्चालकहरु खेलकुदलाई हेर्ने दृष्टिकोण महत्त्व बिहिन छ। यस क्षेत्रमा लागेका हजारा‌ैँ युवाहरुकाे भबिष्य जाेडिएकाे छ।त्यसले गर्दा सुनिश्चित भबिष्यका लागि खेलकुद हाे भनि खेलाडीहरुकाे हरेक पक्षलाई ब्यवस्थापन गरि राष्ट्रकाे गराैव बडाउने खालकाे खेलाडी निर्माण गर्न सकिन्छ। यसमा सम्वन्धित पक्षकाे ध्यान जाओस भन्ने उहाँको भनाई छ।