भेरी कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर–७, सुर्खेतको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आगामी कार्यकालका लागि नारायण कुमार चपाईंको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा दुर्गा चपाईं, सचिवमा कुमारी विन्दु नेपाल र कोषाध्यक्षमा धर्मराज अधिकारी चयन भएका हुन् ।

त्यसैगरी, सञ्चालक समितिको सदस्यमा पूर्णा चालिसे (महिला), गंगाराम सुनार (जनजाति तथा दलित), दीपक ध्वज हमाल (खुला), मीना देवकोटा (खुला) र ललिता चन्द (खुला) सर्वसम्मत चयन भएको समितिले जनाएको छ।

साधारण सभाले बालानन्द पोखरेलको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति पनि गठन गरेको छ। समितिको सदस्यमा भरत ज्ञवाली र विजय कुमार केसी रहेका हुन्।

सभाका अवसरमा संस्थामा नियमित रूपमा बचत गर्दै आएका उत्कृष्ट बचतकर्ताहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाको वार्षिक आय–व्यय विवरण तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनाका विषयमा छलफल गरी आवश्यक निर्णयहरू पारित गरिएको संस्थाले जनाएको छ।

संस्थाका अनुसार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम मंसिर ७ गते दिउँसो ३ बजे आयोजना गरिनेछ।