सुर्खेत । वीरेन्द्रनगर स्थित मंगलगढि चोक सरसफाई गरिएको छ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपाल वीरेन्द्रनगर कमिटिको आयोजनामा मंगलगढि चोक सरसफाई गरिएको हो ।

शहरको मुख्य चोकमा फोहोरको ढङ्गुर भएको र वीरेन्द्रनगर नगरपालिकाको फोहोर व्यवस्थापनमा कुनै ध्यान नपुगेको बताउँदै आफू युवाहरूनै फोहोर सरसफाईमा उत्रिएको वीरेन्द्रनगर कमिटिका अध्यक्ष सागर बमले बताए । बमले नगर सरसफाईको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाको भएपनि नगरपालिकाले फोहोर व्यवस्थापनमा कुनै चासोँ नदिएको गुनासो गरेका छन् ।

अब युवा हेरेर मात्र बस्ने छैन हामी आफ्नो सहर आफै सुन्दर र सफा राख्न सक्छौ र यो अभियानलाई निरन्तरता दिन्छौ उनले भने ।