सुर्खेत ।
 राष्ट्रिय बाणिज्य शाखा सुर्खेतका कर्मचारीमा कोरोना भाइरस पुष्टी भएको छ । शाखाकाे क्यास फाँटमा काम गर्ने एक जना कर्मचारीमा कोरोना पुष्टी भएको हो ।

कर्मचारीमा कोरोना देखिएपछि एकसताका लागि बैंक सील गरिएको शाखा प्रमुख लिलाराम ढुंगानाले जानकारी दिए ।

‘पुष्टी हुनुभएको कर्मचारीको १८ गते स्वाब लगिएको थियो आज मात्रै रिपोर्ट पोजेटिभ आयो’ ढुंगानाले भने, ‘उहाँ आइसोलेसनमा बस्नु भएको छ, कार्यालय आज विहान सेनेटाइज गरेका छौं बैंकीङ्ग सेवा भने कम्तीमा एकसता बन्द हुनेछ ।’

पाँचदिनपछि बैंकमा कार्यरत कर्मचारीहरुको स्वाब परीक्षण गर्ने र रिपोर्ट आएपछि सेवा सुचारु गर्ने ढुंगानाका भनाई छ ।