२६ कार्तिक, सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले यसको शुभदिपावलीमा देउसीभैलो खेल्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई बढ्न सक्ने भन्दै यसपटको देउसीभैलो खेल्न रोक लगाएको जारी सूचना मार्फत जानकारी दिएको छ ।

सूचनामा महान चाड तिहार लगाएत स्थानीयस्तरमा मनाइने पर्व मेलाहरुमा अत्याधिक जमघट र भेला हुने र कोभिड १९ को संक्रमण अझै बढ्ने र दुर्घटना, सामाजिक विकृति तथा अपराधीक कृयाकलाप बृद्धी हुने सक्ने सम्भावना बढी रहेकोले भैलो खेल्न रोक लगाएको जनाइएको छ ।

सूचनाको उल्लंघन जो कोहीलाई संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने जनाइएको छ ।