सुर्खेत, ७ असोज । सुर्खेत वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिका सिमामा रहेको भेरी पुलमा कर्णाली झल्काउने चित्रहरु कोरिएका छन् । कर्णालीका पर्यटकीय क्षेत्र, रितिरिवाज र यहाँ पाइने वन्यजन्तुका बिषयमा भेरी पुलमा खम्बाहरुमा चित्र कोरिएका छन् ।
कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णाली झल्काउने चित्र गत आर्थिक वर्षमा नै भेरी पुलमा राखेको हो ।
भेरी पुल हुम्लाको लिमी उपत्यका, डोल्पाका शे–फोक्सुण्डो र त्रिपुरासुन्दरी मन्दिर, मुगुको राराताल, जुम्लाका सिंजा उपत्यका र डुडुल चैत्य र कालिकोटको पचाल झरना छन् ।
त्यस्तै जाजरकोटको खलङ्गा दरबार, दैलेखको कोतगढी, पञ्चदेवल, बेलासपुर, महावु क्षेत्र, रुकुम पश्चिमको चित्रे पाटन, सल्यानको कुपिण्ड दह, सुर्खेतको काँक्रेविहार र देउती बज्यै मन्दिर लगाएतका क्षेत्रको चित्र अंकित गरिएका छन् ।
प्रदेशअन्तरगत प्रदेशभरिको भेरीरकर्णाली जलयात्रा, हिमालयन ग्रेट ट्रेल, हिमाल आरोहण, हुम्लाको मानसरोवर रुट, बारदेव पर्यटकीय क्षेत्र र सिमकोट शिवमन्दिर, डोल्पाको शे–गुम्बा र तिन्जे उपत्यका, सुर्खेत–दैलेखमा पर्ने गुराँस क्षेत्रलाई पनि भेरी पुलमा चित्र कोरिएका छन् ।