काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ। कोइराला निकट एक नेताका अनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएको हो । उनी अहिले होम–आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पूनः स्वाब लिईएको छ र अर्को रिपोर्ट पनि आजै आउने ती नेताले जानकारी दिए । स्रोत : रिपोर्टस नेपाल