नेपाल बित्तीय संस्था कर्मचारी संघ,नेपाल बैंक लिमिटेड कर्णाली प्रदेशको मिति २०८० फाल्गुण २८ सम्पन्न भएको दोस्रो प्रदेश अधिबेशनले अध्यक्षमा अर्जुन बहादुर मल्ललाई निर्बिरोध रुपमा चयन गरेको छ । साथै उक्त अधिबेशन बाट उपाध्यक्ष भरतमणि शर्मा , सचिब पारस कुमार रोकाय, सह सचिब बृजमोहन भट्ट, कोषाध्यक्ष प्रकाश पौडेल लगायतका ११ सदस्यीय प्रदेश समितिको निर्बिरोध रुपमा गठन भएको छ। सुर्खेत स्थित ने.बै.लि. कर्णाली प्रदेशको तालिम हलमा ने.बै.लि. फियन केन्द्रिय महासचिब सुरेन्द्र कुमार बिष्टको प्रमुख आतिथ्यता अनि सचिब ,काेषाध्यक्ष,सह काेषाध्यक्ष लगायत अन्य सदस्य ज्यु हरुको आथित्यमा सप्पन्न भयको अधिबेशनमा कर्णाली प्रदेस अन्तर्गतका सदस्यहरुको उपस्तिथि रहेको थियो ।