२१ असोज,सुर्खेत।
राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेत को समायोजन कार्यक्रम बुधबार बिरेन्द्रनगर मा भव्य रुपमा सम्पन्न भएको छ ।राप्रपा र राप्रपा सयुक्त को एकतापछि भएको समायोजन कार्यक्रम ले मान बहादुर खड्का को अध्यक्षतामा १२० जनाको जिल्ला कार्यसमिति तयार परेको छ ।

पार्टी का केन्द्रीय सदस्य ,पुर्व जिबिस सभापति बसन्त थापाको अध्यक्षतामा भएको समायोजन कार्यक्रम ले अध्यक्षमा मान ब.खड्का र सह-अध्यक्षमा कर्ण बहादुर रेगामि लाई चयन गरेको छ।

त्यसैगरी जिल्ला कार्य समिती को उपाध्यक्षमा इश्वर श्रेष्ठ,गङगाराम देउवा,राधिका थापा,अमृत राना,टोप बहादुर वलि,छत्रपती थापा,अम्मर बहादुर कार्की,मान ब.सिजाली,श्याम पुरी,धर्मराज बिसी लाई चयन गरेको छ र सचीव मा जनक शिह ठकुरी,रुद्र ब. चन्द,सह-सचिव मा कमल देव जिसी,चादनी वलि, कोषाध्यक्ष मा पार्वती गौतम ,मातृका भुसाल, प्रवक्ता मा सुर्य ब.शाही ,शिवराज जैशि सञ्चार प्रतिनिधि मा हेमन्त थापा सहित १२० जना सदस्यीय जिल्ला समिति चयन भएकाे हाे ।

पार्टी का अध्यक्ष मान ब. खड्का का अनुसार अहिले हाल लाई जिल्ला कार्य समितिको समायोजन गरेको र कोभिड -१९ लाई मध्य नजर गर्दै सम्पुर्ण सुरक्षा शैली अपनाएर वडा, नगर ,क्षेत्र,प्रदेश लगायत सम्पुर्ण कार्यसमिती को पनि अब चाडै समायोजन गर्ने अध्यक्ष खड्काले जानकारी दिएका छन ।

समायोजन कार्यक्रममा पार्टी का केन्द्रीय सम्पादन समिती सदस्य तथा केन्द्रीय सदस्य कबिराम पुरी,पार्टी का केन्द्रीय सदस्य भद्र ब. शाही लगायत नेता कार्यकर्ता को उपस्थिति रहेको थियो ।