२४ असोज,सुर्खेत ।
गाइड स्टार कर्णाली (GSk क्लब) ले पहिलो कार्यक्रम अन्तर्गत मानव सेवा आश्रम लाई सहयोग गरेको छ ।गाइड स्टार कर्णाली ले वीरेन्द्रनगर–१२ स्थित मानव सेवा आश्रममा रहेका ४५ जना लाई फलफुल,साबुन,फुर्टि लगायत सरसफाइ का सामन हरु सहयोग गरेको हो ।

बुधबार गाइड स्टार कर्णाली सुर्खेत मा आवद्ध सदस्य हरुले मानव सेवा आश्रम मा विभिन्न सामन हरु हस्तान्त्रण गरेका छन् । आर्थिक अवस्था कमजोर भएका बेसाहरा, विपन्न ४५ जना आश्रति लाई सामान सहयोग गर्न पाउँदा खुसी लागेको वरिष्ठ उपाध्यक्ष पुष्कर शर्माले बताए ।

विश्वभर महामारीका रुपममा फैलिएको कोरोना भाइरसको कारण सरकारले गरिएको लकडाउनमा विभिन्न ठाँउहरुमा समस्यमा परेका नागरिकहरुलाई फलफूल तथा स्वास्थ्य का सामग्रीहरु समेत सहयोग गर्ने उपाध्यक्ष शर्माले जानकारी दिए। मानव सेवा आश्रम मा बेसाहारा, बिपन्न ४५ जना बस्दै आएका र उनिहरुको साहारा को रुपमा आफुहरु रहेको आश्रम कि संयोजक शृजना वलि ले जानकारी दिएकी छिन ।