वीरेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता गुलावजंग शाहलाई कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले जिम्मेवारीबाट मुक्त गरेका छन् । नेकपाका १८ जना प्रदेशसभा सदस्यहरुले कर्णाली मुख्यमन्त्री शाही बिरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि सचेतक शाहीलाई मुख्यमन्त्री शाहीले सचेतक शाहलाई जिम्मेवारीबाट मुक्त गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीज्यूले गुलावजंग शाहज्यूलाई प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गरी प्रदेशसभा सदस्य सिताकुमारी नेपालीलाई उक्त पदमा नियुक्त गरेको मुख्यमन्त्री शाहीको प्रेस सल्लाहकार धु्रबविक्रम बुढाथोकीले बताए ।
प्रदेशसभा विधान ७ अनुसार संसदीय दल तथा पार्टीको काममा प्रभावकारी भूमिका खेल्न नसकेका कारणले संसदीय दलको सचेतक हटाइएको मुख्यमन्त्री निकट एक सांसदले जानकारी दिए । ‘वहाँले राम्रो भूमिका खेल्न सक्नु भएन् ।’ उनले भने,‘वहाँलाई सचेतकबाट हटाएर सिताकुमारी नेपालीलाई संसदीय दलको सचेतक जिम्मेवारी दिइएको छ ।’
संसदीय दलमा मुख्यमन्त्री शाही बिरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि कर्णालीमा नेकपा संसदीय दलका विवाद बढेको हो ।
संसदीय दलमा विवाद बढेका कारणले दुबै पक्षले अहिले आआफ्नो रणनीति बनाएर अगाडी बढेका छन् ।
नेकपा संसदीय दलको नेताबाट मुख्यमन्त्री शाहीको राजिनामा माग्दै संसदीय दलभित्र १८ जना सांसदले हस्ताक्षरसहित प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका थिए ।