वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेता माधवकुमार नेपाल पक्षबीच गोप्य सहमति भएको छ । सहमति अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल पक्षले अविश्वासको प्रस्ताव फिर्ता लिने भएको हो ।
मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका छन् ।
सहमति अनुसार नेपाल समूहका नेतालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, दलको सचेतक र उपसभामुख दिने सहमति भएको स्रोतले जानकारी दिएको छ ।
दलका सचेतक रहेका गुलावजंग शाहलाई हिजो नै मुख्यमन्त्री शाहीले दलको सचेतकबाट हटाएर सिताकुमारी नेपाली सचेतक जिम्मेवारी तोकेका छन् ।
कर्णाली प्रदेशसभाको उपसभामुख रहेकी पुष्पा घर्ति(बिष्ट)ले पनि मुख्यमन्त्री शाही बिरुद्धको ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी छन् ।
नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा दलकोमुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश सभादलको सचेतक पदमा नेपाल समूहका कुर्मराज शाहीलाई नियुक्त गरेका छन् । उनले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।