सुर्खेत — सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेदेखि सचिवालय बैठक सुरु भएको हो ।बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहालसहित सचिवालयका नौ जनै सदस्य सहभागी भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सारेका थिए । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको बालुवाटार स्रोतले बताएको छ ।