सुर्खेत । सुर्खेतका ४ वटा स्थानीय तहमा १५ शैयाका अस्पताल बन्न लागेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ को लाटिकोइली, बराहताल गाउँपालिका–५ को बड्डिचौर, चौकुने गाउँपालिका–४ को बिजौरा र पन्चपुरी नगरपालिका–२ को साल्कोटमा १५ शैयाको अस्पताल बन्न लागेको हो ।
संघीय सरकारको नीति अनुसार एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने अभियान अन्र्तगत सुर्खेतका ४ स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउन थालिएको छ ।
सुर्खेतको ४ स्थानीय तहमा बन्न लागेका १५ शैयाका अस्पतालको नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले शिलान्यस गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय तहमा बन्ने अस्पतालको निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन संघीय सरकारले गर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतले बताए । ‘नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिएको छ ।’ उनले भने,‘प्रत्येक नागरिकले स्वास्थ्यको अधिकार पाउनु पर्ने भएकाले देशका सबै स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने सरकारको योजना रहेको छ ।’